न्युज अफ नेपाल, काठमाडौं ।
पाटन क्याम्पसले विद्यार्थीहरुमाथि कुनै अवरोध नभएको जनाएको छ । आइतबार क्याम्पस प्रमुख डा लक्ष्मण सिंह कुँवरले एक विज्ञप्तिमार्फत् प्रदर्शनमा उत्रेका परीक्षाहरुमाथि क्याम्पसकै केही विद्यार्थीहरुले सामान्य अवरोध गरेको बताइएको छ । यस्तै क्याम्पसले उपलब्ध स्रोत साधनबाट सकेसम्म कोरोना नियन्त्रणको मापदण्ड अपनाइरहेको पनि जनाएको छ ।
गएको शुक्रबार सम्पन्न परीक्षामा केही विद्यार्थीले कोभिड संक्रमणको अवस्थामा पनि परीक्षा सञ्चालन गरेको आरोप लगाउँदै प्लेकार्ड सहित नाराबाजी गरेका थिए । क्याम्पस प्रमुख , क्याम्पस प्रशासन र क्याम्पसका विद्यार्थी नेतालाई गुण्डाको संज्ञा दिदै नाराबाजी गरेपछि विद्यार्थी आपत्ती जनाएका थिए ।
आज बिहान ११ बजेदेखि सञ्चालन हुने स्नातकोत्तर तहको सामाजशास्त्रको पहिलो सेमेष्टरको परीक्षा हुन नदिने जनाएका थिए । आइतबारको परीक्षा क्याम्पस प्रमुखले सार्वजनिक विज्ञप्ति जारी गर्नुपर्ने जनाएपछि क्याम्पसले विज्ञप्ति जारी गरेको थियो । लगत्तै विद्यार्थीको सहमति अनुसार परीक्षा सञ्चालन भएको थियो ।
क्याम्पसका अनेरास्ववियु क्रान्तिकारीका नेता संजिव फुँयाल, नेविसंघका नेता अनिल खनाल, नेविसंघका तारा शर्मा र अनेरास्ववियुका नेता झपिन्द्र खत्री लगायतले क्याम्पस प्रमुखले विज्ञप्ति जारी गर्न आग्रह गरेपछि विज्ञप्ति जारी भएको थियो । क्याम्पस प्रमुख कुँबरले ‘पाटन क्याम्पस गुण्डाहरुको नियन्त्रणमा’ भन्ने भ्रमपुर्ण समाचारले क्याम्पसको ध्यानाकर्णण भएको जनाएको थियो ।
क्याम्पसले स्वाथ्य मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गरेको दाबी गर्दै विद्यार्थीलाई कुनै दवाव नदिएको उल्लेख गरेको छ । सोपछि परीक्षा सञ्चालन भएको थियो सो परीक्षामा करिब ७ सय ५० परीक्षार्थी सहभागि थिए ।












प्रतिक्रिया