पोखरा ।
पोखरामा लायन्स क्लब निकै क्रियाशिल छ । आफुलाइ सामाजिक संस्था बताउने लायन्स क्लब कोरोना महामारीको समयमा भने अशिक्षित हुदैँ राज्य विरुद्ध गएको छ । सामाजिक काममा अग्रसर रहेको र आफूलाइ अन्तराष्ट्रिय सामाजिक संस्था बताउने लायन्स क्लबले पोखरामा निषेधाज्ञाको अवज्ञा गर्दै सेमिनार गरेको छ ।
कोरोनाको विकराल स्थितिमा समाजमा सेवा गर्न छाडेर उल्टै नियमको उल्ङघन गरेको भेटिएको हो । उल्लङघन गरेको कार्यक्रममा नेपाली चलचित्रका सफल नायक राजेश हमालको समेत उपस्थिति देखिएको थियो । लायन्स क्लब अन्तराष्ट्रिय गण्डकी धौलागिरीले पोखरामा रहेको माउन्ट ग्लोरी फरेस्ट रिसोर्टमा ठुलो कार्यक्रमको आयोजना गरेको हो । कोभिड रोकथाम तथा नियन्त्रणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जसमा भनिएको छ सबै प्रकारका सभा,सम्मेलन, गोष्ठी,तालिम,सेमिनार संचालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न,जात्रा, महोत्सव गर्न निषेध गरेको छ । तर, पोखरामा भने धमाधम निषेधाज्ञाको उल्ङघन गर्दै कार्यक्रमहरु गरिएको पाइएको छ ।युनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको पनि पोखरामा सातै प्रदेशका प्रादेशिक प्रमुख, शाखा प्रमुख, कर्मचारी, अभिकर्ताहरू समेतको सम्मेलन सकिएको गण्डकी प्रदेश प्रदेश प्रमुख टुल्क नाथ आचार्यले सामाजिक संजालमा पोस्ट गरेका छन ।
लायन्स क्लब, ईन्स्योरेन्स कम्पनी त एउटा उदाहरण मात्र हो । त्यो बाहेक पोखरामा विभिन्न संघ संस्थाले यसरी नै कार्यक्रमहरु संचालन गरिरहेका छन् । तर कार्यक्रम हुदाँ समेत जिल्ला प्रशासन कार्यालय कास्कीलाइ कुनै जानकारी नै छैन । नागरिकको शान्ति सुरक्षाका लागि प्रहरीलाइ समेत निर्देशित गर्ने प्रशासनलाइ नै पोखरामा ठुला ठुला कार्यक्रम हुदाँ समेत जानकारी नहुनु भनेको लज्जाको विषय हो । लायन्स क्लबले जिल्ला स्तरीय क्याविनेट अफिसर स्कुलिङ कार्यक्रम महामारीको बेला समेत आयोजना गरेको छ । स्रोतका अनुसार प्रशासनले रोक लगाउने डरले नै लायन्स क्लबले पोखरा १७ दोविल्ला स्थित रहिचौरको जंगलमा रहेको माउन्टेन ग्लोरीमा कार्यक्रम गरेको हो । जहाँ पोखराबाट पुग्न करिब १५ देखि २० मिनेटको समय लाग्ने गदर्छ । उक्त रिसोर्टमा विवाहहरु समेत हुदैँ आएको छ । व्यवसायको लोभले रिसोर्टले समेत निषेधाज्ञाकै उल्लङघन गर्दै आइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले कार्यक्रमबारेमा आफुहरुलाइ कुनै जानकारी नभएको बताउनुभयो । उहाँले आफुलाइ जानकारी भएको भए कार्वाहिको दायरामा ल्याउने बताउनुभयो । ‘जिम्मेवार संस्थानै गैर जिम्मेवारी तरिकाले काम गर्नु सुखद् कुरा होइन् । हामिलाइ कुनै पत्तो भएन । कार्वाहि हुन्छ, रोगबाट प्रशासन जोगिने होइन प्रहरी जोगिने होइन् प्रमुख जिल्ला अधिकारी गौतमले भन्नुभयो । उहाँका अनुसार संक्रामक रोग ऐन अन्तर्गत कार्वाहि हुनेछ । ‘नियमको पालना सबैले गर्नुपर्छ । कोभिडबाट जोगिन सबैको जिम्मेवारी उत्तिकै रहिआएको छ । सबै सचेत भएनौ भने हिजोकै हालत हुन्छ उहाँले भन्नुभयो ।
उता लायन्स क्लबले भने प्रशासनलाइ जिस्काउँदै कार्यक्रममा नाचेको भिडियो नै सामाजिक संजालमा पोष्ट गरेका छन् । लायन्स क्लबका पदाधिकारी मणि श्रीले फिलिङ ग्रेटफुल भन्दै भिडियो राखेका छन् । सोहि भिडियोमा पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले ‘समाजलाइ सचेत र सजग गराउने अन्तराष्ट्रिय मानवीय संस्थाको नेतृत्वले पोखरामा कोरोना फैलाउन महत्वपूर्ण भुमिका ? लायन्स क्याविनेट अफिसर स्कुलिङमा सहभागि हुँदै गर्दा उहाँले लेख्नु भएको छ ।जिम्मेवार संस्था नै गैरजिम्मेवार तरिकाले लाग्दा आम नागरिकलाइ महामारी बारे कसरी सजग गराउन सकिन्छ ? बौद्धिक व्यक्ति नै अचेत हुदैँ हिड्दा कोरोना संक्रमण थप फैलिने खतरामा रहेको छ ।












प्रतिक्रिया