न्युज अफ नेपाल, ललितपुर ।
सिद्धिपुर हाइट टोल विकास संस्था (थसिक्वाः फल्चा) को पहिलो साधारण सभाले कृष्णकुमार महर्जनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न संस्थाको सभाले आगामी दुई वर्षका लागि सो कार्यसमिति चयन गरिएको हो ।संस्थाको उपाध्यक्षमा चिरीकाजी महर्जन,सचिवमा दिलिप राई, सह सचिवमा भरत श्रेष्ठ र कोषाध्यक्षमा रस्मिला कक्षपति श्रेष्ठ रहनुभएको छ ।
त्यस्तै सदस्यहरु चिरीबाबु महर्जन, त्रिसन्ना परियार, सुनिता ढकाल, शशि गौतम, सरस्वती दर्नाल र नगेन्द्र थापा हुनुहुन्छ । यस अघि सो सभाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गर्दै नगरपालिकाले बनाएको योजनाको प्रभावकारी कार्यान्वयनको लागि संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो सभामा ने क पा माओवादी केन्द्रका प्रदेश कमिति सदस्य तथा व्यापार संघका अध्यक्ष शिव कट्टेल, वडा नं. ६ सदस्य सिद्विपुर(थसि) का सदस्य शोभा महर्जन, वचु– थसिक्वा– पंफु टोल विकास समितका अध्यक्ष आनन्द श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।











प्रतिक्रिया