२४ घण्टामा २५ सय जनामा कोरोना पुष्टि,५५ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ३३ जनाको पीसीआर परीक्षणमा २ हजार १३७ र ३ हजार ३४५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४११ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३।६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्