काठमाडौं ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहविरुद्ध विज्ञप्ति निकाल्नेलाई विश्वविद्यालयले कारबाही गर्न माग गरेको छ ।
उपकुलपति प्रा.डा सिंहविरुद्ध शनिवार सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर कीर्ते गरी ‘उपकुलपतिको मृत्यु भएको भन्दै विज्ञप्ति जारी गरेको थियो ।
यो कार्यले विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको र यस्तो कार्य गर्नेहरु विरुद्ध कानूनी कारबाहीमा जाने उपकुलपति प्रा डा सिंहले बताए। उनका अनुसार यो घटनाको छानविन गर्नको लागि सम्बन्धित निकायमा जानकारी गराइएको छ ।











प्रतिक्रिया