इन्डियन न्युज च्यानल ।
भारत, चीन, रुस र ब्राजिल ब्रक्स समूहका वैज्ञानिकहरूले सार्स–कोभ–२ को आनुवंशिक अनुक्रम गर्ने भएका छन् । यसका साथै तिनीहरूले कोभिड–१९ भाइरसको वैज्ञानिक र गणितीय अध्ययन पनि गर्नेछन् ।
शुक्रबार भारतको विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएअनुसार यस अध्ययनबाट यस भाइरसको आनुवंशिक उत्परिवर्तन पत्ता लगाउन सकिन्छ । यो भाइरस किन, कसरी परिवर्तन भइरहेको छ र यो कसरी उत्पन्न भइरहेको छ र भविष्यमा यसले कस्तो प्रकार लिनेछ र कसरी कुन बेला फैलिनेछ भन्ने पनि पत्ता लगाउन सकिने बताइएको छ ।
मन्त्रालयले जनाएको छ– ‘आनुवंशिक उत्परिवर्तनको अध्ययनका लागि भाइरसको आनुवंशिक अनुक्रम गरिनु जरुरी छ । जबकि, महामारी विज्ञान अध्ययनको सहायताले यसको प्रसार मार्गबारे पत्ता लगाउन सकिनेछ । गणितीय अध्ययनले यस भाइरसको भविष्यमा हुन सक्ने प्रसारबारे आँकलन गर्न सकिनेछ । त्यसकारण विभिन्न पृष्ठभूमिबाट आएका वैज्ञानिकहरू र इन्जिनियरहरू समावेश गरी एक अनुसन्धान योजना बनाइएको छ ।’
यस विशेषज्ञ टोलीमा डा. सीएच शशिकला, प्राध्यापक, पर्यावरण केन्द्र, विज्ञान र प्रविधि संस्थान, जवाहरलाल नेहरू प्राविधिक विश्वविद्यालय, हैदराबाद, युहुआ जिन, प्रोफेसर माइक्रोबायोलजी इन्जिनियरिङ संस्था, चिनियाँ एकेडेमी अफ साइन्सेज, बेइजिङ, इवान सोबोलेभ, वरिष्ठ शोधकर्ता , मौलिक र अनुवाद चिकित्साको संघीय अनुसन्धान केन्द्र, टिमाकोभा रुस, डा. मरिल्डा मेन्डोन्का सिक्वेरा, श्वासप्रश्वास भाइरस र दादुरा प्रयोगशाला, ओस्वाल्डो क्रुज संस्थान, फिकोरुज, रियो दि जेनेरियो, ब्राजिल सम्मिलित छन् ।
वैज्ञानिकहरूले विशिष्ट पक्षहरूमा ध्यान केन्द्रित गर्न एक टोलीको रूपमा काम गर्नेछन् । विज्ञान र प्रविधि विभागद्वारा समर्थित यस अनुसन्धानअन्तर्गत भारत र ब्राजिलका वैज्ञानिकले विभिन्न वातावरणमा सार्स कोभ–२ को प्रसारको आँकलन गर्नेछन् । यस अध्ययनमा उनीहरू अपशिष्ट जल आधारित महामारी विज्ञान निगरानीका लागि भाइरसको मेटाजेनोम विश्लेषण गर्नेछन् ।
चिनियाँ र रुसी वैज्ञानिकहरूले सार्स कोभ–२ भाइरसको वास्तविक समय पीसीआर पत्ता लगाउनेछन् । जसका लागि तिनीहरूले श्वासप्रश्वास रोगीका नाक र श्वास नलीबाट जैविक सामग्री नमुना संकलन र आनुवंशिक परिवर्तनशीलता, तुलनात्मक अध्ययन र फिलोजेनेटिक विश्लेषणको जाँच गर्नेछन् ।
भारत, चीन, रुस र ब्राजिलका वैज्ञानिकबाट प्राप्त तथ्यांक संकलन गरी भाइरसको उत्परिवर्तन विश्लेषण, आनुवंशिकी अध्ययन, फाइलोजेनेटिक सम्बन्ध, पुनर्संयोजन विश्लेषण र जोखिमको मूल्यांकन गरिनेछ । त्यसपछि भाइरसको गणितीय अध्ययन गरिनेछ ।
विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यसले भाइरसको प्रसार मार्ग र गतिशीलता पत्ता लगाउन पनि मद्दत गर्न सक्छ ।
विभिन्न समूहद्वारा विकसित तथ्यांकको मद्दतले विभिन्न क्षेत्रहरूमा भाइरसको प्रसार कसरी भएको छ पत्ता लगाउन सकिन्छ र भविष्यको लागि प्रारम्भिक चेतावनी प्रणाली निर्माण गर्न सकिनेछ ।
सूक्ष्म जीव विज्ञान संस्थान, चिनियाँ एकेडेमी अफ साइन्स, रुसको मौलिक र अनुवादात्मक चिकित्सा संघीय अनुसन्धान केन्द्र र श्वसन भाइरस र दादुरा प्रयोगशाला, ब्राजिलको ओस्वाल्डो क्रुज संस्थानले यस अनुसन्धान योजनाको विकास गरेका हुन् ।
यस अध्ययनमा चार विभिन्न देशबाट प्राप्त तथ्यांकको विश्लेषण गरिनेछ । यसबाट भाइरसको प्रसार मार्ग र गतिशीलता बुझ्न सहज हुनेछ ।











प्रतिक्रिया