नेपाल आदिवासी जनजाति चलचित्र महासंघले राजधानीमा नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८३ आयोजना गरेको छ।
चावहिलस्थित चलचित्र विकास बोर्डमा सम्पन्न छैठौं संस्करणको महोत्सवमा दिनेश लिङ्देनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। लिम्बू विधाको फिल्म रीतबाट लिङ्देनले अवार्ड जितेका हुन्। यो फिल्मले पब्लिक च्वाइस अवार्ड पनि जितेको छ।
महोत्सवमा गुरुङ फिल्म ङोल्स्यो रामरानीले उत्कृष्ट फिल्मको अवार्ड जित्यो। त्यस्तै मगर फिल्म दिलसाराबाट कल्याण रानामगर नायक, नेवारी फिल्म स्वयङुबाट भिन्तुना श्रेष्ठ नायिका, तामाङ फिल्म ह्याङ तामाङबाट सूर्य लामा छायाँकार घोषित भए। त्यस्तै मगर भाषाको लाहुरेनीले लघु फिल्म र आग्रेले आग्रेले वृत्तचित्रको अवार्ड पायो।
महोत्सवमा लिम्बू, राई, थारु, गुरुङ, मगर, तामाङ, भुजेललगायत अन्य विभित्र जातजातिको भाषा, संस्कृति र कलामा बनेका फिल्म, वृत्तचित्र, लघु फिल्म समावेश थिए।











प्रतिक्रिया