स्टाइलिस हिरो सलिनमान बनियाँ लामो समयपछि नयाँ फिल्म युनिभर्सिटी अफ गुण्डाजमार्फत पर्दामा फर्किने तयारीमा छन्। तर, यसपटक फिल्ममा उनको जोडी को हुन् र उनी कस्ती छिन् भन्ने चासो बढेको छ। सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माणाधीन फिल्ममा सलिनमानले एक जापानी नायिकासँग रोमान्स गर्दैछन्।
फिल्म युनिटका अनुसार युनिभर्सिटी अफ गुण्डाजमा सलिनमानको जोडीका रूपमा जापानी नायिका मीना यशोदा पक्का भएकी छन्। उनलाई निर्माण टिमले फिल्मको अभिनेत्रीका रूपमा अनुबन्ध गरिसकेको छ। नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुबा नेपाली र आमा जापानी) भएकी मीना हाल जापानमै बस्दै आएकी छन्।
सलिनमान आफैले लेखेको कथामा बनिरहेको फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरिरहेका छन्। फिल्मको मुख्य भूमिकामा सलिनमान र मीनाका साथै सलोन बस्नेत पनि देखिनेछन्। फिल्ममा मन्दिप गौतमको स्क्रिन प्ले, सम्राट बस्नेतको एक्सन निर्देशन, सौरभ लामाको डिओपी, रोमन बज्राचार्यको ब्याकग्राउण्ड स्कोर, मनोज श्रेष्ठको भिएफएक्स र बन्देप्रसाद सम्पादन रहनेछ।











प्रतिक्रिया