श्रीमतीको निधन श्रीमान् ले गरे दाहसंस्कार



सञ्जय कार्की, रौतहट ।

श्रीमतीको निधन भएपछि रौतहटको ४ नम्बर क्षेत्रका प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिना आफै किरियामा बस्नु भएको छ । चन्द्रपुर–९ निबासी रेणु तिमल्सिनाको गएको २१ गते ४९ बर्षको उमेरमा निधन भएपछि उहाँको श्रीमान देबप्रसाद तिमल्सिना आफै परम्परा संस्कार तोडदै १३औ दिनको काजकिरियामा बस्नु भएको हो ।

बाग्मती नदि किनारमा श्रीमतीको दाहसंस्कार गर्दा पार्थीब शरीरमा समेत उहाँ आफैले दागबती दिनु भएको थियो ।तीन जना छोरी रहेको र छोरा नभएपछि उहाँ आफै घरमा हिन्दु परम्परा अनुसार काजकिरियामा बस्नु भएको हो । परम्परागत सामाजिक संस्कार तोडदै श्रीमतीको निधन पछिको किरियामा उहाँ स्थानीय ब्राम्हणको सल्लाहमा नै काजकिरियामा बस्नु भएको जनाइएको छ । आफनो अर्धाङ्गनी जीबन साथी गुमाएपछि हिन्दु संस्कार अनुसार आफै किरियामा बसेर उहा समाजमा उदाहरणीय पात्र बन्नु भएको छ ।

पछिल्लो समय छोरा नभएका आमाबुवाको निधन हुँदा छोरीहरु समेत १३ औ दिनको किरियामा बस्नथालिसकेका छन । राजनीतिमार्फत समाज परिबर्तन र नागरिकको जीबनस्तर उकास्नु पर्दछ भनेर लागि पर्नु भएका प्रतिनिधि सभा सदस्य तिमल्सिनाको यो कार्यले समाज भित्रको बिकृती र बिसगतीलाई चिर्न मदत पुग्ने स्थानीय कल्याण कार्कीले बताउनु भयो । जीबनको आधा हिस्सेसार रहेको श्रीमतीको निधन भएपछि उहाँको मृत आत्माको शान्तिको लागि प्रतिनिधि सभाका सदस्य देब प्रसाद तिमल्सिना आफैँ किरियामा बस्नु भएको उहाँको स्वकिय सचिब मुकेश गिरीले बताउनु भयो ।

उहाँका आफन्त रनातेदारले भतिज हरी तिमल्सिनालाई किरियामा बस्न तयारी गराईरहेकै बेला उहाँ भने श्रीमतीको निधनपछिको १३ औ दिनको किरियामा आफै बस्नु भएको हो । बुवा आमाको निधन पछि जसरी छोरा किरियामा बस्छन सोही बिधि बाट उहाँ किरियामा बस्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्