निजी क्षेत्रले साझा एजेन्डा बढाउन जोड



नेपाल समाचारपत्र, काठमाडौं ।

मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा एजेन्डामा काम गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ९सीएनआई०का पदाधिकारीहरूले सो कुरामा जोड दिएका हुन् । महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको स्वागत कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सीआनआईका पदाधिकारीहरूको स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राख्नुभएको थियो ।

निजी क्षेत्रको प्रवद्र्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्थाबीच साझा एजेन्डा तय गरेर अगाडि जानुपर्नेमा सो अवसरमा जोड दिइयो । त्यसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्र नै निर्माण गरेर जान सकिने धारणा व्यक्त गरियो । यसका लागि छिट्टै संस्थागत सहकार्यलाई औपचारिकता दिनुपर्नेमा पनि सहमति जनाइयो ।मुलुुकको अर्थतन्त्र उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलबको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताललगायतका विषयमा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानुु पर्नेमा जोड दिइयो ।सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले सीएनआईको नयाँ नेतृत्वसंग सहकार्य गर्न महासंघ तत्पर रहेको बताउनुभयोे ।

सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल निर्माण हामी सबैको साझा चासो भएकाले हामीले आर्थिक एजेण्डामा बलियो सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । दुवै संस्थाको स्ट्रेन्थबाट थुप्रै कार्य गर्न सक्छौं, अध्यक्ष गोल्छाले भन्नुुभयो–‘हामीले आउने दिनमा अझ बढी सहकार्यका हातहरू अगाडि बढाउनैपर्छ ।’मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी अभिवृद्धि, आर्थिक विकास दोहोरो अंकमा लैजाने र व्यापार घाटा आधा कटौती गर्ने मुख्य लक्ष्यका साथ महासंघले अगाडि सारेको नेट २०३० र सीएनआईले अगाडी बढाएको मेक इन नेपाल अभियानलाई कहा र कसरी सहकार्यका साथ काम गर्न सकिन्छ पहल गरौं, अध्यक्ष गोल्छाले भन्नुभयो ।

त्यस्तै सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णुुकुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको विश्वास दिलाउनुभयो । अध्यक्ष अग्रवालले निजी क्षेत्र बीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिँंदै अगाडि भन्नुभयो–‘अबका दिनमा हाम्रा प्राथमिकताका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नैपर्छ । निजी क्षेत्रको स्ट्रेन्थ देखाउन पनि सहकार्य बाहेक अर्को केही नहुने बताउनुभयो । साथै उहांले नवनिर्वाचित टिमको सम्मानमा महासंघले स्वागत कार्यक्रम आयोजना गरेकोमा धन्यवाद समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्