पौडेल पक्षीय नेताहरुको निष्कर्ष : ‘अधिवेशनबारे अनिश्चितता बढ्नु पार्टी नेतृत्वको असक्षमता’



रामकृष्ण चापागाईं, काठमाडौं ।

सत्ताधारी दल नेपाली काग्रेसको महाधिवेशन अनिश्चित बने संगै सिङ्गो पार्टीकै बैधानिकता माथि प्रश्न उब्जिरहेको बेला केन्द्रिय नेतृत्वलाई जिल्ला सभापतिहरुले नेतृत्वले उत्तम विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् । नेपाली काग्रेसका नेता प्रशासमान सिंहको निवास ठमेल स्थित चाक्सिबारीमा मंगलबार बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षिय शीर्ष नेताहरु र राजधानीमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले क्रियाशिल सदस्यता विवादले महाधिवेशन हुन्छ की हुदैन भन्ने अन्यौल हुने पार्टी नेतृत्वकै असक्षमता भएको औल्याएका हुन ।

काग्रेसभित्र क्रियाशिल सदस्यता विवाद चुलिए संगै महाधिवेशनको लागि पुर्व निर्धारित कार्यतालिका प्रभावित भैरहेको छ । महाधिवेशनको कार्यतालिका अन्तर्गत यहि श्रावण १२ गते देखि तल्लो तहको अधिवेशन शुरु गरिने भनिएको थियो ।

भदौं १६ देखि १९ गते सम्म काठमाडौंमा १४औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको काग्रेसले १२ गते वडा, गाउपालिका र नगरपालिका श्रावण १६ गते, प्रदेश क्षेत्रिय अधिवेशन श्रावण २० गते, एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २६ गते र प्रदेश अधिवेशन भदौं १ र २ गते गर्ने निर्णय गरेको थियो ।

तल्लो तहको अधिवेशन प्रभावित भए संगै तोकिएको समयमा महाधिवेशन नहुने निश्चित भएको छ । काग्रेसको ७५ वर्षको इतिहासमा महाधिवेशनलाई लिएर पार्टीको वैधता माथि नै प्रश्न उठ्ने गरि राजनीतिक अवमुल्यन यस अघि कहिल्यै नभएको पनि सो बैठकमा चर्चा भएको छ ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्व महामन्त्रि प्रकाशमान सिंह, पुर्व सहमहामन्त्री डा. रामशरण महत, नेताहरु अर्जुन नरसिंह केसि, डा. मिनेन्द्र रिजाल, बल वहादुर केसी लगाएतका नेताहरु थिए । बैठकमा जिल्ला सभापतिहरु मधुप्रसाद आचार्य काभ्र, सबुज बाणिया काठमाडौं, उज्जल बराल सिन्धुली, कमलराज जोशी सुर्खेत, रमेश धमला धादिङ, विकास लामा सिन्धुपाल्चोक, विनोद बस्नेत सोलुखुम्बु, अंगत बुढा डोल्पा लगाएत उपस्थित थिए ।

बैठकमा संस्थापन पक्ष मनपरि ढंगले अघि बढेको भन्दै अहिले सम्म निर्धारण भएका क्रियाशिल सदस्यता सार्वजनीक गर्नुपर्ने, त्रुटी सच्चाउन समय दिनुपर्ने लगाएतका विषयमा पनि चर्चा भएको जिल्ला सभापति मधुप्रसाद आचार्यले बताउनु भएको छ । संस्थापन पक्षको दबाब र प्रभावमा क्रियाशिल सदस्यता हेरफेर गरेको, समायोजनका नाममा काग्रेसका पुराना र सक्रिय नेताहरुको राजनीति समाप्त पार्न खोजिएको समस्या नभएको ठाउमा पनि संस्थापन पक्षले उजुरी हाल्न लगाएको जस्ता विषयमा पनि छलफल भएको जिल्ला सभापति आचार्यले बताउनु भएको छ ।

बैठकमा संस्थापन पक्षले क्रियाशिल सदस्यता समायोजनका नाममा पार्टीको मुल चरित्र समाप्त पार्ने काम गर्न नहुने भन्दै अधिवेशनलाई पारदर्शी ढंगले सम्पन्न गर्न नेतृत्वलाई दबाब दिनुपर्ने कुरालाई जोड दिइएको थियो । पौडेल पक्षका नेताहरु वीच भावी नेतृत्वको विषयलाई लिएर पनि छलफल भएको थियो ।

नेतृत्वको विषयमा भएको छलफल बारे जिल्लासभापति आचार्यले भन्नुभयो– सकेसम्म पार्टी भित्रको समग्र एकताका साथ सहमतिमा नेतृत्व लिने नभए सस्थापन इतरबाट सहमति गरि नेतृत्व लिन अघि बढ्ने कुरा भएको छ । अधिवेशनको मुल आधार भनेकै क्रियाशिल सदस्य भएको र यो क्रियाशिल सदस्यता विवाद सहमतिमा टुङ्गाउनु पर्ने पौडेल पक्ष नेताहरुको भनाई रहेको छ ।

प्रत्येक अधिवेशनमा काग्रेसको क्रियाशिल सदस्यता वितरण बारे विवाद हुने गर्छ । क्रियाशिल सदस्यता विवाद काग्रेसको ‘महारोग’ जस्तै भएको छ । क्रियाशिल सदस्यहरुले नगर सम्मको नेतृत्व प्रत्यक्ष मतदानद्धारा निर्वाचित गर्छन भने क्षेत्रिय प्रतिनिधि पनि प्रत्येक वडा बाट क्रियाशिल सदस्यहरुले नै निर्वाचित गरि पठाउछन । क्षेत्रिय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै महाधिवेशन प्रतिनिधि चयन गर्छन । महाधिवेशन प्रतिनिधिले केन्द्रिय नेतृत्व चयन गर्छन ।

प्रतिक्रिया दिनुहोस्