स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई झट्का, प्रधानमन्त्री देउवाले रोके डा. गौतमको सरुवा



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको सरुवा रोकेका छन् ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गौतमलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गर्दै युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा‍‍ रुद्र मरासिनीलाई राखेको थिए ।

तर, प्रधानमन्त्री देउवाले हाललाई सरुवा नगर्ने र नयाँ नियुक्ति पनि रोक्ने बताएपछि गौतमको सरुवा रोकिएको हो । देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै मन्त्री श्रेष्ठको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्