विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा झडप, १५ जना घाईते



सञ्जय कार्की, रौतहट ।

विद्यालय व्यवस्थापन समिति गठनको लागि अभिभावक बन्न विद्यार्थी भर्ना गर्ने क्रममा विवाद हुँदा दुई पक्ष बीच झडप हुँदा १५ जना घाईते भएका छन् । स्थानीय माधवनारायण नगरपालिका–४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि अभिभावक बन्न बिद्यार्थी भर्ना गर्नुपर्ने भएकाले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्ने विषयमा माधव नारायण नगरपालिका वडानम्बर ४ का अध्यक्ष रामदेनी मुखियाको छोरा राम क्लेवर मुखिया र राजेश राय यादब पक्षबीच दोहोरो झडप भएको हो ।

झडपका क्रममा राम क्लेवर मुखिया तर्फ माधब नारायण नगरपालिका–४ निबासी ५१ वर्षीय नन्दराज मुखिया, ४७ वर्षीय बाबन मुखिया, ३२ बर्षिय मनोज मुखिया, ३४ वर्षीय राम कुमार मुखिया, ३४ वर्षीय हरेन्द्र मुखिया, २६ वर्षीय रामानन्द मुखिया घाईते भएका छन भने राजेश राय यादब पक्षका २३ वर्षीय दिपेन्द्र पासवान, २४ वर्षीय कृष्ण पासवान, २४ वर्षीय ज्ञानेन्द्र कुमार भण्डारी, २६ वर्षीय य बिशाल भण्डारी,४० बर्षिय जिनिस हजरा, २५ बर्षिय सुनिल कुमार मुखिया, ५० वर्षीय तपेश्वर भण्डारी, ३० वर्षीय रुपचन पासवान घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

राम कल्वेर मुखिया पक्षको गरुडा नगरपालिका स्थित अनामिका हस्पिटल र राजेश राय यादव पक्षको ग्राण्डी हस्पिटलमा उपचार भैरहेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक शिद्धिविक्रम शाहले घटनामा संलग्न रामकलेवर मुखिया र दिलीप कुमार भण्डारीलाई नियन्त्रण लिएको बताउनु भयो ।

विद्यालयको अध्यक्ष हुन अध्यनरत बिद्यार्थी हुनु पर्ने नियम रहेपछि वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया बच्चा भर्ना गराउन विद्यालय पुगेको स्थानीयले बताएका छन । दोहोरो झडप हुदा बाँसका भाटासहित दुवै पक्षले एकले अर्कालाई आक्रमण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्