अन्योलमा कक्षा १२ को परीक्षा



न्युज अफ नेपाल, काठमाडौं ।

स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मुल्याङकनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिब्यक्ति दिएपछि सो परीक्षा अन्योल भएको छ । प्रश्नपत्र तयारी गरिरहेको अवस्थामा जिम्मेवारी व्यक्तिले आन्तरिक मुल्याङकनबाट परीक्षा लिनसक्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्द्यी भएको छ ।

राज्यमन्त्री श्रेष्ठले हिजो सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को मात्र नभै विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित हुनसक्ने बताउनुभएको थियो । राज्यमन्त्री श्रेष्ठको भनाई पछि परीक्षाको तयारीमा जुटेकाउ राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तयारी गर्ने वा नगर्ने भन्ने विषयमा समस्या परेको छ ।

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले स्वाथ्य तथा जनसंख्या मन्त्रालयले तोकेको स्वाथ्य मापदण्ड पालना गरी होम सेन्टरमै परीक्षा लिने व्यवस्था गरिएको जानकारी दिनुभयो । परीक्षाको कार्यक्रम स्थगित गर्ने कि नगर्ने ? भन्ने विषयमा कुनै जानकारी नआएको उहाँको भनाई थियो । शिक्षा मन्त्रालयले सो विषयमा कुनै जानकारी नभएको बताएको छ ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को के गर्ने ? भन्ने विषयमा छलफल गर्ने तयारी गरेको बताउनुभयो । भन्नुभयो– तोकिएको परीक्षा स्थगित गर्ने विषयमा मन्त्री परिषददको निर्णय गर्नुपर्ने भएकोले परीक्षा लिने वा नलिने भन्ने विषय मन्त्रालयले निर्णय गर्न सक्दैन । सिसिएमसिको निर्देशन अनुसार होम सेन्टर कायम गरी परीक्षा लिने तयारी भैरहेको बताउदै सचिव थपलियाले भन्नुभयो– तत्काल परीक्षा स्थगित गर्ने वा अर्को बिधिबाट सञ्चालन गर्ने ?

भन्ने विषयमा कुनै जानकारी भएको छैन । राज्यमन्त्री श्रेष्ठले सरकारले परीक्षा अगाबै सबै परीक्षार्थीलाई कोरोना बिरुद्धको खोप लगाउने तयारी गरिरहेको जानकारी गराउनुभएको थियो । पछिल्लो समय दैनिक ३ हजार हाराहारीको भोभिड संक्रमित फेला पर्न थालेपछि परीक्षा लगायत अन्य गतिबिधि गर्न दिने वा नदिने भन्ने विषयमा सरकारले निर्णय गर्न सकेको छैन । तर राज्यमन्त्री श्रेष्ठले परीक्षा स्थगित हुनसक्ने सम्भावनाको जनाउ दिएपछि मन्त्रालय र बोर्ड अन्योलमा परेको छ । परीक्षा यही साउन ३१ देखि भदौ ९ सम्म हुदैन । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन ।

याे पनि….

कक्षा १२ को परीक्षा स्थगित भएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

प्रतिक्रिया दिनुहोस्