युनिफाइड केन्द्रीय अस्पतालबाट डा. गौतम हटाइए



न्युज अफ,नेपाल काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई सरूवा गरेर प्रसुती तथा स्त्री रोग अस्पताल पठाएको छ ।

युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृतबाट हटाउँदै गौतमलाई मन्त्रीस्तरीय निर्णयका आधारमा थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो । डा. गौतमको ठाउँमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाइएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहेका डा. गौतमलाई मन्त्रालयले १० जेठमा युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारी तोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्