विद्यालय व्यवस्थाको लागि विद्यार्थी भर्नामा झडप



सञ्जय कार्की ,रौतहट ।

विद्यालय व्यवस्थापन समिति गठनको लागि अभिभाबकले विद्यार्थी भर्ना गर्ने क्रममा विवाद हुँदा दुई पक्षबीचकाे झडपमा १५ जना घाईते भएका छन ।

स्थानीयमा धवनारायण नगरपालिका–४ विष्णुपुरमा रहेको श्री माध्यामिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि अभिभाबक विद्यार्थी भर्ना गर्नु पर्ने भएकाले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्नागर्ने विषयमा माधब नारायण नगरपालिका वडानम्बर ४ का अध्यक्ष रामदेनी मुखियाको छोरा राम क्लेवर मुखिया र राजेश राययादब पक्षबीच दोहोरो झडप भएको हो । झडपका क्रममा राम क्लेवर मुखियातर्फ माधब नारायण नगरपालिका–४ निबासी ५१ बर्षिय नन्दराजमुखिया, ४७बर्षिय बाबन मुखिया, ३२ बर्षिय मनोज मुखिया, ३४ बर्षिय रामकुमार मुखिया, ३४ बर्षिय हरेन्द्र मुखिया, २६ बर्षिय रामा नन्द मुखिया घाईते भएका छन भने राजेश राययादब पक्षका २३ बर्षिय दिपेन्द्र पासवान, २४ बर्षिय कृष्ण पासवान, २४ बर्षिय ज्ञानेन्द्र कुमार भण्डारी, २६ बर्षिय बिशाल भण्डारी,४० बर्षिय जिनिस हजरा, २५ बर्षिय सुनिलकुमार मुखिया, ५० बर्षिय तपेश्वर भण्डारी, ३० बर्षिय रुपचन पासवान घाईते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रामकल्वेर मुखिया पक्षको गरुडा नगरपालिका स्थित अनामिका हस्पिटल र राजेश राययादब पक्षको ग्राण्डी हस्पिटलमा उपचार भैरहेको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक शिद्धि विक्रम शाहले घटनामा संलग्न रामकलेवर मुखिया र दिली पकुमार भण्डारीलाई नियन्त्रण लिएको बताउनु भयो । बिद्यालयको अध्यक्ष हुन अध्यनरत विद्यार्थी हुनु पर्ने नीयम रहेपछि वडाध्यक्ष मुखियाका छोरा रामतलेवर मुखिया बच्चा भर्ना गराउन विद्यालय पुगेको स्थानीयले बताएका छन । दोहोरो झडप हुदाबाँसका भाटासहित दुबै पक्षले एकले अर्का लाई आक्रमण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्