खोटाङका बजारमासमेत बाँदरको बिगबिगी



रामधन राई, खोटाङ ।

किसानलाई हैरानीदिने बाँदर पछिल्लो समय खोटाङका बजार आसपाससम्म पसेर किसानको अन्नबाली नष्ट गर्न थालेका छन् । बाँदरकै हैरानीका कारण गाउँबाट टाढाका खेतबारीमा खेतिबालीलगाउन छाडेपछि गाउँहुँदै बजार क्षेत्रमा समेत बाँदरको बिगबिगी बढेको हो ।

जिल्लाको दिक्तेलबजारस्थित अल्छेढुंगामा किसानले लगाएको मकै हालबाँदरले सखापपारेका छन् । स्थानीयले आलोपाले गरेर गोठालो गर्दा गर्दै पनिबाादरले मकै साखापपारेको स्थानीयतिलक राईले बताउनुभयो । एक जनामात्रगोठाला भएमा बाादरले नटेर्ने स्थानीय सुनाउँछन् ।हाल अल्छेढुंगालगायत दिक्तेलबजार आसपासका बारीमा लगाईएको मकै बाँदरले नष्ट गरेको किसान बताउँछन् ।

अघिल्लो बर्षतिर किसानले बाँदर नियन्त्रणको लागि प्रशासन समक्ष माग गर्दै किसानहरु बिभिन्न आन्दोलन गर्ने गरेका थिए । यद्यपी कानुनी ब्यवधानका कारण सो विषयमा कुनै सम्बोधन हुन सकेको छैन ।बाँदर, दुम्सी, मृग जस्ता जंगली जनवारका बिज्याँइका कारण जिल्लाका किसानहरुले खेतबारी बाँझै छाड्न बाध्य बनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्