नयाँ शक्तिले भन्यो एमसिसी रास्ट्रघाती ,अगाडि बढाउन खोजे कठोर संघर्ष गर्ने चेतावनी



काठमाडौं ।

नयाँ शक्ति पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसी अस्विकार गर्न सरकारलाई आग्रह गरेको छ । एमसिसीले नेपाल र नेपाली जनताको स्वाभिमान,स्वतन्त्रता र सार्वभौमिकता माथि गम्भीर आघात पुग्ने ठहर गरेको छ ।

एमसिसी परियोजनाका कारण मिलेर बसेको नेपाली समाज ध्रुवीकरणतर्फ उन्मुख भएको समेत नयाँ शक्तिले बताएको छ । परराष्ट्रविद्व देखि आम देशभक्त नागरिकहरुले एमसिसीका विरुद्ध बुलन्द गरिरहेको जनमतको पक्षमा नयाँ शक्ति पार्टी दृढतापुर्वक उभिएको छ । नयाँ शक्तिले भनेको छ हाम्रो पार्टी देशभक्त र स्वाभिमानी नेपाली जनताको पक्षमा छ, यदि जबर्जस्ती बिबादास्पद ,रास्ट्रघाती र जनचाहना बिपरित रहेको ःऋऋ परियोजनालाई लागु गर्न खोजिए जस्तोसुकै प्रकारको आन्दोलन,बिद्रोह र लडाइँ लड्न हामी तयार हुनेछौं ।

नयाँ शक्ति पार्टीका केन्द्रिय संयोजक रवि किरण हमालले मध्यरातमा वक्तव्य जारी गर्दै सम्पुर्ण देशभक्त र स्वाभिमानी नागरिकहरुलाई एकताबद्व भएर रास्ट्रघाती एमसिसी परियोजनाका विरुद्ध आवाज बुलन्द गर्न, सडक संघर्षमा उत्रन र आवश्यक परे बलिदानको लागि तयार रहन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्