जयसिंह धामी मृत्यु प्रकरणका दाेषीलाई कारबाही गर्न अध्यक्ष थापाको माग



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दार्चुला घटनाका विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइँ दिएपछि एक युवक बेपत्ता भएका थिए ।

घटनामा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको निधनबारे गम्भीर छानबिन गरी दोषीलाई कारबाही गर्न समेत अध्यक्ष थापाले माग गरेका छन् । अध्यक्ष थापाले उक्त अमानवीय कार्यमा संलग्न दोषीलाई भारत सरकारले कारबाही गर्नुपर्ने र सार्वजनिक रूपमा माफी माग्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्