एमाले स्थायी कमिटी बैठक स्थगित, भाेलि फेरि बस्ने



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको शनिबार बोलाइएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी एकताको लागि विघटित कार्यदलले प्रयास गरिरहेको भन्दै आजको बैठक स्थगित भएको हो ।

नेता सुवास नेम्वाङले पार्टी एकताका लागि कार्यदल स्तरमा भएको छलफलका बारेमा अध्यक्ष ओलीसहितका नेतालाई जानकारी गराएपछि बैठक स्थगित भएको हो ।

आफूले अध्यक्ष सहितका नेतालाई एकताको प्रयासका बारेमा भएका उपलब्धिबारे ब्रिफिङ गराएपछि भोलि दिउँसो तीन बजेसम्मको लागि बैठक स्थगित भएको नेता नेम्वाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्