जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव चयन



न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध चयन गरेको हो ।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादव समर्थक रहेको थियो । बैठकमा २१ जना संघीय सांसदको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्