पूर्वयुवराज पारस शाहलाई प्रहरीले समातेपछि, सडकमै देखियो यस्तो तमासा (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

हेल्मेट बिनानै मोटरसाइकलमा सवार पूर्वयुवराज पारस शाहलाई नारायण गोपाल चोकमा ट्राफिक प्रहरीले समातेको छ । शुक्रबार साँझ साढे ७ बजेको समयमा बिना हेल्मेट मोटरसाइकल कुदाइरहेका उनलाई प्रहरीले समातेपछि केही समय त्यहाको स्थिति तनावग्रस्त देखिएको थियो ।

पूर्वयुवराज शाह र प्रहरीबीच भएको विवादको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा देखिए अनुसार ट्राफिक नियम मिचेका शाहले उल्टै प्रहरीलाई थर्काइ रहेका छन् भने उनलाई समातेका प्रहरीले भने उच्च अधिकारीलाई रिपोर्ट गरिरहेका छन् ।

त्यस्तै, केही समयपछि ती प्रहरीलाई माथीबाट ‘छोडनु’ भन्ने आदेश आएपछि शाह फेरि बिना हेल्मेटनै मोटरसाइकलमा त्यहाँबाट जान्छन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै चौतर्फी विरोध गर्न थालिएको छ भने ड्युटीमा खटिने प्रहरी कर्मचारीको मनोबलमा के असर पर्छ भनेर प्रश्न समेत उठ्न थालेको छ ।

भिडियो स्रोत: सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस्