निर्वाचन आयोगको निर्णयविरूद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा



न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर अन्यायमा परेको भन्दै सर्वोच्च अदालत पुनः गएका छन् । यसअघि पनि पार्टी आधिकारिकता लागि ‘हेड काउन्ट’ गर्न निर्वाचन आयोगले बोलाउँदा सर्वोच्च गएका उनी आधिकारिकता विवाद टुंगेपछि पनि शुक्रबार सर्वोच्च अदालत पुगेकाहुन् ।

सर्वोच्चमा दर्ता भएको रिटमा यादव पक्षलाई आयोगले दिएको आधिकारिता र आफ्नो समूहलाई नयाँ दल दर्ता गर्न दिने भनिएको निर्णय बदर गर्न माग गरिएको छ । सर्वोच्चमा निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिट शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा। कुमार चुडालको संयुक्त इजलासले लगाउमा राखी पेस गर्ने आदेश दिएको छ । पेशी आइतबारका लागि तोकिएको छ ।

साउन ११ मा आयोगले जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दा यादव समूहले पार्टीको आधिकारिकता पाएको थियो । ५१ सदस्यीय रहेको जसपामा हेड काउन्टका क्रममा निलम्बित सांसद रेशम चौधरी चटस्थ बस्दा यादव समूहको पक्षमा ३४ र ठाकुर समूहमा १६ सदस्यले हस्ताक्षर गरेका थिए ।

यादव समूहलाई आधिकारिकता दिइएपछि प्रचलित कानुन अनुसार ठाकुर समूहले नयाँ दल दर्ता गर्न सक्ने आयोगले भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्