सीसीएमसीको बैठक बस्दै, कोरोना भाइरस नियन्त्रण गर्न रणनीति बनाउने तयारी



न्युज अफ नेपाल, काठमाडौं ।

जारी निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्ने भएको छ । बैठक आज अपरान्ह ४ बजे सिंहदरबारमा बस्ने बताइएको छ ।

उक्त बैठकमा कोरोना संक्रमणको हालको स्थिति र रोकथामका बारेमा छलफल हुने बताइएको छ । संक्रमितको संख्यामा कमि आएपछि केही समयअघि खुकुलो पारिएको निषेधाज्ञा आजको बैठकले भने फेरि कडा बनाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्