काठमाडौंमा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि, ५९३८ सक्रिय संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ५९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १५५ जना र भक्तपुरका १०८ जनामा कोरोना संक्रमित थपिएका छन्।

यससँगै आज काठमाडौं उपत्यकामा थप ८६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

काठमाडौं उपत्यकामा अहिले ८४४१ जना सक्रिय संक्रमित रहेकोका मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्रै ५९३८, ललितपुरमा १३९४ र भक्तपुरमा १०११९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्