शनिबारदेखि फेरि लकडाउन सुरु हुँदै



न्युज अफ नेपाल, काठमाडौं ।

अर्घाखाँची जिल्लामा साउन १६ गते(शनिबार) राति १२ बजेदेखि  पुनः लकडाउन हुने भएको छ । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा  बसेको सर्वपक्षीय  बैठकले लकडाउन गर्ने निर्णय  गरेको हो । लकडाउन साउन  ३० गते राति १२:३० सम्म जारी रहने छ ।

यस अवधिमा सरकारी तथा गैरसरकारी, सार्बजनिक तथा निजी यातायात, बैंक तथा वित्तीय संस्था पुर्ण रूपमा बन्द हुने भएका छन् । साथै  खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ७ बजेदेखि ९ बजेसम्म खोल्न दिईने भएको छ ।

जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५१९ जना पुगेको छ । यसअघि दशौ साउन २० गते बुधवार राती १२ बजेसम्म एक हप्ता  निषेधाज्ञा थपिएको थियो।अर्घाखाँची लगायत १७ जिल्लामा कोरोनाको उच्च जोखिम रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्