देउवासँगको भेटपछि माधव नेपालसँग भेटवार्ता गर्दै प्रचण्ड



न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि कोटेश्वर पुगेका छन् ।

बिहिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका प्रचण्डले त्यसलगत्तै माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपालको निवास पुगेका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो । प्रधानमन्त्री देउवाले आजभोलि नै मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहेको कांग्रेस स्रोतले बताएको छ । मंगलवार माओवादी स्थायी कमिटी बैठकमा प्रचण्डले माधव नेपाल समूहपनि सरकारमा सहभागी हुने ब्रिफिङ गरेका थिए । अहिले प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्