करदाताको कार्यस्थलमा महानगरको माइकिङ्, तोकिएको समयमा कर नतिरे घर पसल वा व्यवसायमा शिलबन्दी

हामीले नाम सार्वजनिक गरेका करदाताबाट ७० करोड बढी राजस्व अनुमान छ : डा. अधिकारी, राजस्व विभाग



काठमाडौं ।

महानगरलाई घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा राजस्व विभागले आजदेखि माइकिङ् सुरु गरेको छ । माइकिङ्सँगै गएको असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । माइकिङ्सँगै तोकिएको अवधिका कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिएको छ ।

यस अघि हामीले उहाँहरुलाई सम्पर्कमा ल्याउन धेरै प्रयास ग-यौँ । अनुरोध ग-यौँ । तर, उहाँहरुले विवरणसम्म पनि बुझाउनु भएन । राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये आजसम्ममा वडा ११ को एन. आर. टी. क्लव, वडा १३ को काठमाडौँ इञ्जिनियरिङ् कलेज, वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्कमा आएका छन । बाँकीले सम्पर्क पनि गरेका छैनन् । यी करदाताले आफू सम्बन्धी विवरण नबुझाएका कारण यकिन अङ्क भन्न कठिन छ । तर, हामीले करीव ७० करोड रुपैयाँ बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छौँ ।’

राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले आज वडा ११ को एन. आर. टी. क्लव र युनाइटेड वल्र्ड टे«ेड सेन्टर, वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स र वडा १३ का काठमाडौँ इञ्जिनियरिङ् कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ् गर्ने र सूचना टाँस गरेको छ ।महानगरलाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामाग्री संस्थान र एल. आर. आइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रा. लि. र स्टार मल रहेका छन् ।यी करदातालाई कर तिर्ने दिएको म्याद साउन १५ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्