स्थानीय तहले सञ्चालनमा ल्याएको पहिलो अक्सिजन प्लान्टको काम अन्तिम चरणमा



हेमन्त पौडेल ,धनगढी ।

धनगढी उप-महानगरपालिकाले सञ्चालनमा ल्याउन थालेको अक्सिजन प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । चौधरी ग्रुपको आधा लगानी , धनगढी उप-महानगरपालिका र स्थानीय बासिन्दाको आधा लागानीमा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टको निर्माण कार्य पन्चानब्बे प्रतिशत सम्पन्न भएको प्लान्टका इन्जिनियरले बताउनुभयो । ।

स्थानीय तहहरु मध्य पहिलो पटक धनगढी उप-महानगरपालिकाले सञ्चालनमा ल्याउन लागेको अक्सिजन प्लान्टको लागत भौत्तिक संरचना बाहेक एक करोड पच्चिस लाख रुपैैया रहेको छ । उक्त प्लान्टमा धनगढी उप– महानगरपालिका,स्थानीय बासिन्दाहरुको आधा र चौधरी गु्रपको आधा रकम खर्च गरिएको छ । कोरोनाको दोस्रो भेरियन्टमा अक्सिन नपाएर धेरै मानिसले ज्यान गुमाएकोले अव आउन लागेको भनिएको तेस्रो भेरियन्टमा अक्सिजन नपाएर कसैले मर्नु नपरोस भन्ने उद्येश्यले उप-महानगरपालिकाले अक्सिजन प्लान्ट आफैले सञ्चालनमा ल्याउन लागेको धानगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।

असोजको दोस्रो सातादेखि नेपालमा कोरोनाको तेस्रो भेरियन्ट आउन सक्ने विज्ञहरुको चेतावनीलाई मध्यनजर राखेर अक्सिजन प्लानटको कामलाई तिब्रता दिएको नगर प्रमुख वडले बताउनुभयो । अक्सिजन प्लान्टको सवै ब्यवस्थापकीय जिम्मेवारी उप महानगरपालिकाले लिई दुई जना प्राविधिकलाई काम सिकाइरहेको प्रमुख वडले बताउनुभयो । चासिल किलो क्षमताका दैनिक एक सय पचास सिलिण्डर भर्न सक्ने क्षमता अक्सिजन प्लान्ट स्थानीय तहहरुकै पहिलो भएकोमा आफूहरुलाई खुशी लागेको धनगढी उप महानगरपालिका वार्डनम्वर ७ का अध्यक्ष सीतारमा रानाले बताउनुभयो । उक्त प्लान्ट वार्डनम्वर ७ को बेलीमा रहेको शहरी स्वास्थ्य पर्वद्धन केन्द्रमा स्थापना गरिएको छ ।

नेपाली काँग्रेसकी नेतृ तथा पूर्व साँसद आरजु राणा देउवाको पहलमा स्थापना गरिएको भनिएको अक्सिजन प्लानटको उद्घाटन साउन तेस्रो सातासम्ममा गर्ने तयारी भएको नगरप्रमुख वडले जानकारी दिनुभयो । अक्सिजन प्रलान्ट सञ्चालन भएपछि अक्सिन नपाएर मर्नुपर्ने अवस्था नआउने वडले बताउनुभयो । नगरप्रमुख वडले मंगलवार मात्र निर्माणाधिन अवस्थामा रहेको अक्सिजन प्लान्टको निरिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्