राजारामको युट्युबमा हिंग



कप्रिय हास्य अभिनेता राजाराम पौड्यालले छोटो फिल्म निर्माण गरी सार्वजनिक गरेका छन्।अभिनेता पौडेलले सोमबार राजधानीमा एक भेटघाट कार्यक्रमको आयोजना गरी हिंग नामक छोटो फिल्म सार्वजनिक गरेका हुन्। २५ मिनेटको यो फिल्म पौड्याल स्वयंले लेखका हुन्। केवल तीनजना कलाकार रहेको फिल्ममा राजारामका साथमा आर्यम नकर्मी र सपना शर्माले अभिनय गरेका छन्। फिल्म देशको समसामयिक राजनीतिक, सामाजिक र स्वास्थ्य क्षेत्रका बारेमा छ।

पौड्यालले आप्mनै नामको राजाराम पौड्याल युट्युब च्यानल खोली त्यसबाटै यो छोटो फिल्म सार्वजनिक गरेका हुन्। उनको युट्युब च्यानल पनि सोमबारबाटै औपचारिकरूपमा सञ्चालनमा आएको हो।फिल्मको निर्देशन आर्यम नकर्मीले गरेका छन्। छायांकन र सम्पादन सोहन मानन्धरको रहेको छ। सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा सन्तोष पन्त, किरण केसी, शिवहरि पौडेल जितु नेपाललगायत कलाकार तथा नेपालीका लागि नेपाल अभियानका डा. रामप्रसाद उप्रेती, डा. सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेलगायत सहभागी थिए।

कार्यक्रममा सहभागीहरूले कलाकारको सिर्जनालाई अरू व्यक्तिले अनाधिकृत रूपमा युट्युबमा राखिदिने भएकाले त्यसबाट हुने प्रत्यक्ष आर्थिक लाभबाट सरोकारवाला कलाकार वञ्चित हुनुपरिरहेको चिन्ता व्यक्त गर्दै कलाकार स्वयंलाई युट्युब खोल्न सुझाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्