कार्यवाहक प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्मालाई



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधानन्यायाधीश नियुक्त राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको छ । शर्मालाई साउन २४ देखि लागू हुने गरी नेपाली सेनाको कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका शर्मालाई कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरिएको हो । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।

अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका थिए । ४४ औं प्रधानसेनापति बन्न लागेका शर्माले युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्