लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुख नियुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार अपरान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेकामध्ये लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेश प्रमुख सीता पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्