ओलीले नियुक्त गरेका सबै प्रदेश प्रमुख फेर्दै देउवा सरकार



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले विभिन्न प्रदेशका प्रमुखहरु फेर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रदेशका प्रमुखहरु फेर्नको लागि गठबन्धनभित्र छलफल थाल्नुभएको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका सबै प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्ति गने गृहकार्य अगाडि बढाएको स्रोतको दावी छ ।

स्रोतका अुनसार ओली नेतृत्वको सरकारले गरेका सबै प्रमुख प्रमुख हटाउने सहमति जुटिसकेको छ । गठबन्धनबाट कुन प्रदेशमा कसलाई पठाउने भन्ने छलफल भइरहेको छ । प्रदेश सरकार गठन हुँदा त्यति बेला प्रधानमन्त्री रहनुभएका शेर बहादुर देउवाले नियुक्त गर्नुभएको प्रदेश प्रमुखहरुलाई ओली नेतृत्वको सरकारले हटाएर नयाँ नियुक्त गरेको थियो ।

तर देउवा नेतृत्वको सरकारले ओलीले नियुक्त गरेका सबै प्रदेश प्रमुख फेर्ने भएको हो । ओली नेतृत्वको सरकारले प्रदेशमा मुख्यमन्त्रीलाई काम गर्न सहज होस भनेर आफू अनकूलका व्यक्तिलाई प्रदेश प्रमुख बनाएको थियो ।

हाल बागमती प्रदेश प्रमुखमा विष्णु प्रसाद प्रसाई, सुदुरपश्चिम प्रदेशको प्रमुखमका गंगा प्रसाद यादव, गण्डेकी प्रदेश प्रमुखमा सीता कुमारी पौडेल, लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादव, प्रदेश नम्बर १ को प्रमुखमा सोमनाथ अधिकारी, प्रदेश २ को प्रदेश प्रमुखमा डा. राजेश झा, कर्णाली प्रदेशका प्रमुखमा गोविन्द प्रसाद कलौनी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्