आयोगमा पुगेर रेशम चौधरीले भने : मलाई न्याय देऊ



न्युज अफ नेपाल ,काठमाडौं ।

जनता समाजवादी पार्टी(जसपा) को आन्तरिक विवादको हस्ताक्षर सनाखत गराउन निर्वाचन आयोग पुगेका रेशम चौधरी तटस्थ बसेका छन्।

उनले निर्वाचन आयोग पुगेर जसपाका दुबै पक्षका नेतासँग कुरा गरेर बाहिर निस्केपछि पत्रकारसँग आफू तटस्थ बस्ने निर्णय गरेको जानकारी दिए।महन्थ ठाकुर र उपेन्द्र यादवमध्ये कुन पक्षलाई आधिकारिकता दिने भनेर सुनुवाइ गरिरहेको आयोगले सोमबार कार्यकारिणी सदस्यहरुलाई सनाखतका लागि बोलाएको थियो ।हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले आयोगमै उपस्थित हुने अडानपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गर्‍यो।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका उनले कुनै पक्षमा सनाखत गरेनन् । तर बाहिरिने क्रममा आफ्नो मुद्दामा बोलेका छन् । कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन उनले बताए ।

प्रतिक्रिया दिनुहोस्