सुदर्शनको प्रेमगीत हालसम्मकै सर्वाधिक हेरिएको फिल्म



रिलिजका लागि तयार भए पनि कोरोना संक्रमणबाट हुने कोभिड-१९ का कारण फिल्म म यस्तो गाउँछु-२ रिलिज गर्न नपाएपछि डेढ वर्षदेखि तनावमा परेका निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापालाई थोरै भए पनि खुसी मिलेको छ।

उनीद्वारा निर्मित फिल्म प्रेमगीतले युट्युबमा सर्वाधिक हेरिएको पहिलो नेपाली फिल्मको रेकर्ड बनाएको छ। पाँच वर्ष अगाडि अपलोड गरिएको प्रेमगीतले साढे दुई करोड भ्युजको रेकर्ड बनाएको हो। नेपाली फिल्मले युट्युबमा पाएको यो भ्युज हालसम्मकै सर्वाधिक हो।थापाको निर्देशनमा बनेको फिल्म प्रेमगीत सन्तोष सेनले निर्माण गरेका हुन्। फिल्ममा नायक प्रदीप खड्का र नायिका पूजा शर्माले अनस्क्रिन रोमान्स गरेका थिए। यही फिल्मपछि प्रदीप र पूजाको करिअरले उचाइ पाएको थियो। निर्माता सेनले प्रदीपलाई लिएर प्रेमगीतको तेश्रो सिक्वेलसम्म बनाएका छन् भने निर्देशक थापाले पूजालाई लिएर म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु-२ र सम्हालिन्छ कहिले मन निर्माण र निर्देशन गरेका छन्।

सुदर्शन म यस्तो गाउँछु-२ रिलिजका लागि सबै तयारी गरिए पनि कोरोना संक्रमण जोखिमका कारण गत २०७६ साल चैत ११ गते लकडाउन लगाइएपछि हालसम्म आप्mनो फिल्म रिलिज गर्न नपाएका कारण समस्यामा छन्। बीचमा सिनेमा हल खुले पनि नयाँ फिल्म चलाइहाल्ने वातावरण नभएकाले उनको सो फिल्म हालसम्म रिलिज गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्