रौतहटमा हतियारसहित ३ पक्राउ



सञ्जय कार्की, रौतहट ।

अबैध पेस्तोल सहित रौतहटमा तीन जना भारतीय नागरिक पक्राउ परेका छन ।

प्रहरीले चेकचाज गर्ने क्रममा अबैध बोर ३८ नम्बर ००७ नम्बरको सिक्सर एक थान सहित भारत विहार राज्य मोतिहारी जिल्ला ग्राम पंचायत बिजवनी वडा नं.२ वस्ने २२ बर्षिय देवेन्द्र कुमार यादव, भारतको सोही स्थान निबासी २९ बर्षिय सुधिर कुमार र २४ बर्षिय संदिप कुमार पक्राउ परेका छन । उनीहरुलाई मौलापुर देखि कलैया जाने सडक खण्डको मौलापुर नगरपालिका–५ मा बी आर ०५ एपी ४०१६ नम्बरको मोटरसाईकल र बिआर ०५ ई ६४३४ नम्बरको मोटरसाईकल चेकजाच गर्ने क्रममा मेड ईन ईङ्गल्याण्ड लेखिएको बोर ३८ नम्बर ००७ नम्बरको सिक्सर एक थान सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई अनुसन्धानको लागि हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक नारायण चिमरियाले बताउनु भयो । पक्राउ परेका देबेन्द्र कुमार यादबको साथ बाट अबैध सिक्सर पेस्तोल र कारोबारमा संम्लग्न रहेका सुधिर कुमार, संदिप कुमार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्