माओवादी द्वन्द्वका ‘अयोग्य लडाकु’ चोरीमा जेल चलान



मोतीराम तिमल्सिना, काभ्रे ।

नेकपा माओवादी केन्द्रका कार्यकर्ता एवं अयोग्य लडाकु चोरीमा संलग्न भएका छन् । अयोग्य घोषित भई राज्यले उपलब्ध गराएको ५ लाख रकम मध्ये पार्टीले आधा रकम लिएर आधा मात्रै प्राप्त गरेका साविक मादनकुँडारी ६ घर भएका मिलन भन्ने मिक्मार लामा पक्राउ परेका छन् । उनको श्रीमती पनि अयोग्य लडाकु हुन् । मिक्मारको साली पनि चोरीमा संलग्न भएकी थिईन् । हाल उनि बैदेशिक रोजगारमा संलग्न छिन् । अदालतले मिक्मार र उनको साली सोनिसा भन्ने सुना स्याङ्गतानलाई जनही चोरी अभियोगमा ७ लाख ५४ हजार रुपैया जरिवना र ४ वर्ष २ महिना कैद तोकेको थियो ।

घटना विवरण अनुसार साविक मादनकुँडारी ६ घर भएका मिलन भन्ने मिक्मार लामा माओवादी पार्टीमा जर्बजस्ति सक्रिय गराईएका थिए । बेरोजगार भई गाउँमा रहेको समयमा लडाकु हुँदा राज्यले रकम दिन्छ भन्ने प्रलोभनमा चितवनको शक्तिखोर गएका थिए । मिक्मार र उनको श्रीमती दुबै लडाकुमा गए पनि बास्तविक लडाकु छान्ने क्रममा उनिहरु दुबै जना अयोग्य भए । अयोग्य लडाकुलाई सरकारले दिएको रकम पनि पार्टीले पुरा नदिए पछि उनिहरुमा पार्टी र नेता प्रति फ्रस्टेसन थियो । त्यहि क्रममा उनिहरु बनेपा नगरपालिका वडा नम्वर ५ स्थित नयाँबस्तिमा डेरा गरी बस्न थाले । मिक्मारको साली १८ बर्षिया सोनिसा भन्ने सुना स्याङ्गतान साविक मिल्चे गाविस वडा नम्वर ८ घर भई बनेपा नगरपालिका वडा नम्वर ४ मा डेरा गरि बस्दै आएकी थिईन् । २०७१ साल असार २४ गतेको घटना हो । साविक साल्धारा गाविस वडा नमवर ४ घर भएकी २० बर्षिया अस्मिता गोलेको डेरा बनेपा नगरपालिका वडा नम्वर ५ मा थियो । उनको साथमा बैदेशिक रोजगारबाट पठाएको ३ लाख ७७ हजार रुपैया थियो । उक्त रकम भएको जानकारी सोनिसालाई थियो । अघिल्लो दिन साँझ अस्मिताको कोठामा पुगेका मिक्मार र सोनिसाको पैसा लुट्ने योजना बन्यो ।

विहान बैकमा पैसा जम्मा गरिदिने योजनामा देवमाया थोकरको ब्यागमा बोकेको पैसा खडपु बस्ने आरके मागर र मिक्मार लामाले बनेपाको लायकु चोक भित्रको गल्लिमा हिडिरहेको बेला देवमाया थोकरको ब्यागमा रहेको अस्मिता गोलेले जम्मा गर्न पठाएको पैसा उनिहरुले लुटेर फरार भए । असार २७ गते उनिहरु दुबैजना पक्राउ परे । तर पैसा फिर्ता गर्न मानेनन । जिल्ला अदालत काभ्रेपलाञ्चोकले रहजनी चोरीमा उनिहरुलाई २०७१ भदौ ६ गते धरौटीमा छाड्ने आदेश दियो । दुबैलाई १ लाख ९० हजारका दरले धरौटीमा छाड्ने आदेश दिएको अदालतले २०७१ पौष २७ गते ४ वर्ष २ महिना कैद र जरिवना तोक्यो । दण्ड सजाँयको ३८(१) नम्वर बमोजिम जरिवना बापतको ४ वर्ष कैद र २ महिना थप कैदको फैसला भएको छ । ३ लाख ७७ हजार को ७ लाख ५४ हजार जरिवना तोकिएको थियो । उक्त जरिवना बापतको पनि कैद सजाँय तोकिएको हो । धरौटी रकम पीडितलाई फिर्ता दिन र बाँकी रकम सोहि ब्यक्तिलाई फिर्ता गर्न आदेश भएको छ । फरार अपराधी पक्राउ गर्ने क्रममा इलाका प्रहरी कार्यालय कात्तिकेदेउरलाीका प्रहरी निरिक्षक अनिष बुढाथोकीले पक्राउ गरेका थिए । उनि अहिले जिल्ला कारागारमा छन् ।

फरार अपराधी पक्राउ

जिल्ला अदालत तथा अन्य अदालतबाट दोषि ठहर भएका अपराधीहरुलाई पक्राउ गर्ने अभियान जिल्लाभर शुरु भएको छ । एसपी भुपेन्द्र खत्रीका अनुसार जिल्लामा फरार भएकाहरुको सूची अदालतबाट उपलब्ध गराए पछि मातहतका सबै युनिटहरुलाई कृयाशिल बनाईएको बताउनु भयो । सोहि अनुसार इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीले एक महिनामा पाँच जना फरार अपराधीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कर्तब्य ज्यान मुद्दाका एक जना छन् । जसले आफ्नै सासुलाई कपालमा समाती टाउको भित्तामा ठोकेर कुटपिट गरेकी थिईन् । साविक भुम्लुसल्ले गाविस वडा नम्वर २ बस्ने ५२ बर्षिय देवीमाया तामाङले २०६८ असोज ५ गते उक्त घटना गराएकी थिईन् । असोज ७ गते कान्छीमाया तामाङको निधन भएको थियो । असोज ९ गते किटानी जाहेरी परी पक्राउ परेकी देविमायालाई २०६८ फागुन १६ गते जिल्ला न्यायाधीश दिपेन्द्र अधिकारीको इजलाले निर्दाेष ठहर गरेको थियो । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटनले उल्टाई २ वर्ष कैद तोकेको थियो । कैद भुक्तान नगरी घरमै रहेकी देविमायालाई प्रहरीले पक्राउ गरी अदालत बुझाएको छ ।

त्यस्तै लागु औषधमा २७ दिन कैद भुक्तान बाँकी रहेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ भने बहुविवाहमा ११ महिना १५ दिन कैद तोकिएका एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ । चौरीदेउराली गाउँपालिका वडा नम्वर ९ घर भएका ३० बर्षिया अनिता परियार र उनका श्रीमान ३३ बर्षिय चित्रबहादुर परियार सुन्दास पक्राउ परेका हुन् ।

चारवटा मोटरसाईकलमा आगजनी गरेको अभियोगमा पक्राउ परेका साविक गोठपानी गाविस ६ का २२ बर्षिय हरिशरण चौलागाईलाई प्रहरीले पक्राउ गरेको थियो । कोभिडको असरका कारण अदालतको सहजताको उपभोग गर्दै चौलागाई कैद बराबरको जरिवना तिरेर छु्टिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्