ज्यान मार्ने धम्की दिएर विवाहित महिलामाथि बलात्कार



सञ्जय कार्की, रौतहट ।

देबाही गोनाही नगरपालिका बिहीबार राती एक दलित विवाहित महिला बलात्कृत भएकी छिन । घरमा कोही नभएको मौका छोपी देबाही गोनाही नगरपालिका–१ का ४० बर्षिय राकेश राउत कुर्मीले बिहीबार राती एक दलित विवाहित महिला बलत्कार गरेर फरार भएका छन ।

उनको खोजी भैरहेको ईलाका प्रहरी प्रहरी कार्यालय देबाही गोनाहीले जनाएको छ । घरमा कोही नभएको मौका छोपी कुर्मीले ज्यान लिने सम्मको धम्कि दिएर बलत्कार गरेको आरोप रहेको छ । ईलाका प्रहरी कार्यालय देबाही गोनाहीका प्रहरी निरीक्षक राजन लम्सालले बलत्कार गरी फरार रहेका पीडकको खोजी भैरहेको बताउनु भयो । पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरिएको बताउनु भयो । एक साता अघि सोही नगरपालिकाको –७ उचिडिह टोलका ५० वर्षीय नागेश्वर कुश्वाहाले एक महिला लाई बलत्कार गरेको आरोपमा पक्राउ परेका छन ।

प्रतिक्रिया दिनुहोस्