कोरोनाविरुद्ध लड्न चीनले नेपाललाई थप १६ लाख डोज खोप उपलब्ध गराउने



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीविरुद्ध लड्न चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत होउ यान्छीबीच भएको भेटवार्तामा राजदूत यान्छीले थप खोप सहयोग गर्ने जनाएकी हुन् ।

यसअघि नै चीनले नेपाललाई अनुदानमार्फत १८ लाख डोज खोप सहयोग गरिसकेको छ । त्यस्तै सरकारले चीनसँग थप ४० लाख डोज खोप खरिदका लागि गरेको सम्झौता अन्तर्गत आठ लाख डोज खोप नेपाल आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्