देशभर थप २ हजार ९३६ जनामा कोरोना संक्रमण, ४३ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, सोही अवधिमा थप ४३ जना संक्रमितको मृत्यु भएको छ भने १७७५ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र एन्टिजेन परीक्षणमा ९३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्