उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बियो, लामो दूरीका सार्वजनिक यातायात चल्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १० दिन लम्बिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच आज बसेको बैठकले जारी निषेधाज्ञा साउन १० गतेसम्मका लागि लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने निर्णय गरेको छ । बैठकका अनुसार यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुका साथै गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजर र सामाजिक दूरी कायम गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्