एनआरएनए बेल्जियम अध्यक्षमा अनुजा प्रधानको जित निश्चित



दिपेन्द्र गजुरेल, स्पेन ।

गैरआवासीय नेपाली संघ (एनआरएन) को बेल्जियमको अध्यक्ष पदमा उम्मेदवारी दिएकी अनुजा प्रधानले ९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छिन्। नेपालको नवलपरासीमा जन्मिएकी प्रधान बेल्जिमयको एन्र्थोपेनमा बस्दै आएकी छिन्।

२००८ मा एनआरएनएको युकेमा आबद्धता जनाएकी प्रधान हाल गैरआवासीय नेपाली संघ आइसीसी सदस्य छिन्। विदेशी भूमिमा हुर्किदै गएका नेपाली मनहरुलाई भविष्यमा विदेशमा मात्र नभई नेपालमा समेत सामाजिक र परोपकारी कार्य गरि योगदान र गर्नुपर्छ भन्ने सन्देश दिन आवश्यक रहेको प्रधानले जिकिर गरेकी छिन्। उनले गैरआवासीय नेपाली संघको अभियानमा नयाँ पुस्ता जोडिन नसकेको पनि उल्लेख गरेकी छिन्। यसरी विदेशमा हुर्किदै गएको नयाँ पुस्तालाई यो अभियानमा जोड्नु अबको चुनौति भएकोले आगामी दिनमा आफुले नयाँ पुस्ताको भविष्य हेरेर नयाँ अजेण्डासहित प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

यसैगरि, गैरआवासीय नेपाली संघ बेल्जियमको अभियानको सुरु कालदेखि संलग्न रहेका अग्रजहरुको सल्लाहमा एनआरएनए बेल्जियको लागि अल्पकालिन तथा दिर्घकालीन विशेष कार्यक्रम तय गरिने प्रतिबद्धता उनको रहेको छ। यसका साथै बेल्जियममै जन्मिएर नेपाली भाषा बोल्न र लेख्न नजान्नेहरुको लागि गैरआवासीय नेपाली संघ बेल्जियमले विषेश अभियान संचालन गर्ने र बिभिन्न कारणले बेल्जिमयमा आइपुगेका नेपालीको लागि आवश्यक कानूनी परार्मशको लागि निःशुल्क कानुनी सेवा केन्द्रको स्थापना गरिने पनि उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ।

विगतका दिनमा गैरआवासीय नेपाली संघ बेल्जियममा रहेर गरेका काम तथा संघको अभियानमा बटुलेको अनुभवको आधारमा आफूलाई संघको नेतृत्व लिन योग्य रहेको ठहर गरेकी प्रधानले बेल्जियममा रहेका नेपालीहरुलाई एउटै छानामुनि राख्ने उद्देश्यले नेपाली घरको स्थापनाका लागि पहल गरिने प्रतिबद्धता जाहेर गरिन्।

विश्वव्यापी महामारीको रुपमा आएको कोरोना भाइरसको कारणले बेल्जियमा आर्थिक तथा मानसिक रुपमा पीडित नेपालीहरुको सहयोगार्थ बिषेश प्योकजको आवश्यक रहेको बताउँदै जुलाई २५ तारिखमा हुने निर्वाचनमा गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्ष पदमा निर्वाचित भएपछि मर्दापर्दा नेपाली चाहिन्छन् भन्ने नेपाली भावना अनुरुपमा विदेशमा अलपत्रमा परेका र दुःख पाएका नेपालीहरुको सहयोगार्थ एक आपतकालिन कोषको स्थापना गर्ने उनको प्रतिबद्धता रहेको छ।

त्यस्तै, गैरआवासीय नेपाली संघको आइसीसी सदस्य रहेर काम गरेकी प्रधानले आफ्नो कर्मथलोमा रहेका नेपाली समुदायहरुको सेवा गर्ने उद्देश्यले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएकी बताएकी छिन्। सबैको विश्वास र प्रेरणाले गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्ष पदमा पुग्ने विश्वास उनले लिएकी छिन्। ‘गैरआवासीय नेपाली संघको आइसीसी सदस्य रहेर काम गरेकी थिए तर आफ्नो कर्मथलोमा रहेका नेपाली समुदायहरुको सेवा गर्ने उदेश्यले तपाईहरु माझमा अध्यक्षको उम्मेदवारको रुपमा आएकी छु उनले भनिन्, ‘तपाईहरुले दिनुको मत, विश्वास र प्रेरणाले गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्ष जस्तो गरिमामय पदमा पुराउने छ भन्ने विश्वास लिएकी छु।’

एनआरएनमा सक्रिय रुपमा लागेकी उनी सफल व्यवसायी पनि हुन्। उनी टोप्भ्यान एदन, रेष्टुरेन्ट एन्र्थोपेन, एदन होटल एन्र्थोपेन, सुसि रेष्टुरेन्ट एन्र्थोपेन र रियल स्टेट ९नेपाल०मा समेत आबद्ध रहेर आफूलाई एउटा सफल व्यवसायीको रुपमा पनि परिचित गराइसकेकी छिन्।

खेलकुद, समाजसेवा र राजनीतिमा समेत रुची राख्ने प्रधानले नेपालमा भइपरि आएका आपतविपद्मा पूर्ण रुपले सहयोग गर्दै आएकी छिन्।

प्रधानले गरेको प्रतिबद्धता यस्तो छः

गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी दुई बर्षे कार्यकालमा निम्नासारको कार्य गर्ने प्रतिबद्धता तपाईहरु समक्ष लिएर आएकी छु ।

१. गैरआवासीय नेपाली संघ बेल्जियमको अभियानको सुरु कालदेखि संलग्न रहेका अग्रजहरुको सरसल्लाहमा एनआरएनए बेल्जियको लागि अल्पकालिन तथा दिर्घकालीन विशेष कार्यक्रम तय गरिनेछ ।

२. विदेशमा हुर्किदै गरेको दोस्रो पुस्तालाई गैरआवासीय नेपाली संघको अभियानमा जोड छुट्टै संरचनाको स्थापना गरेर उनीहरुलाई नेपाल र नेपालीको हितमा परिचालन गरिने छ ।

३. बेल्जियममै जन्मिएर नेपाली भाषा बोल्न र लेख्न नजान्नेहरुको लागि गैरआवासीय नेपाली संघ बेल्जियमले विशेष अभियान संचालन गर्ने छ ।

४. बिभिन्न कारणले बेल्जिमयमा आइपुग्नु भएका नेपालीको लागि आवश्यक कानूनी परार्मशको लागि निशुल्क कानुनी सेवा केन्द्रको स्थापना गरिने छ ।

५. गैरआवासीय नेपाली संघले यसअघि देखि उठाउदै आएका मुद्दाहरु, नागरिकताको निरन्तरता, नेपालमा लगानी, परोपकार लगायतका काम एनआरएनए बेल्जियम दृढ भएर उभिने छ र तिनीहरुको कार्यान्वयनको लागि सहयोग र सहकार्य गरिनेछ ।

६. बेल्जियममा रहेका नेपालीहरुलाई एउटै छानमुनी राख्ने उद्देश्यले नेपाली घरको स्थापनाका लागि पहल गरिने छ ।

७. मर्दा पर्दा नेपाली चाहिन्छन भन्ने नेपाली भावना अनुरुपमा विदेशमा अलपत्रमा परेका विभिन्न कारणले दुःख पाएका नेपालीहरुको सहयोगार्थ एक आपतकालीन कोषको स्थापना गरिने छ ।

८. नेपालमा आइपर्ने प्राकृतिक विपतको लागि आवश्यक सहयोग गर्नको लागि स्थायी फण्डको समेत व्यवस्था गर्न पहल गरिने छ । त्यस्तो फण्ड एनआरएनए फाउण्डेशनमार्फत नेपालमा सामाजिक तथा परोपकारी कामलाई अगाडि बढाउन विशेष परोपकारी योजना ल्याउनेछु ।

९. बेल्जिमामा रहेका दोस्रो पुस्ताका नेपालीहरुको सीप र ज्ञानलाई नेपालको सम्वृद्धिमा लगाउने उदेश्यले बेल्जिममा रहेका विभिन्न पेशामा रहेका विज्ञहरुको छुट्टै संरचनाको स्थापना गरिने छ ।

गैरआवासीय नेपाली संघ (एनआरएन) को बेल्जियमको अध्यक्ष पदमा उम्मेदवारी दिएकी अनुजा प्रधानले ९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेकी छिन्। नेपालको नवलपरासीमा जन्मिएकी प्रधान बेल्जिमयको एन्र्थोपेनमा बस्दै आएकी छिन्।

२००८ मा एनआरएनएको युकेमा आबद्धता जनाएकी प्रधान हाल गैरआवासीय नेपाली संघ आइसीसी सदस्य छिन्। विदेशी भूमिमा हुर्किदै गएका नेपाली मनहरुलाई भविष्यमा विदेशमा मात्र नभई नेपालमा समेत सामाजिक क्षेत्रमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्