काठे लोक दोहोरी अवार्डलाई गोकर्णेश्वर नगरपालिकाले सहयोग गर्ने



काठमाडौं ।

राष्ट्रिय काठे लोकदोहोरी अवार्डको लागि गोकर्णेश्वर नगरपालिकाले सहयोग गर्ने भएको छ । कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको यो अवार्डको प्रमुख आयोजकमा सुनाखरी लोक कला संस्कृति संरक्षण केन्द्र रहेको छ । यस अघि अवार्ड वितरणको लागि समपुर्ण तयारी गरेको सुनाखरी मल्टि मिडिया सह आयोजकको भुमिकामा रहेको छ ।

सर्वोकृष्ट गायक, गायीका, शब्द संकलन, संगीत, मोडल, नवप्रतिभा लागाएत विभिन्न ३२ विधामा असोजको पहिलो साता वितरण गरिने यो अवार्डको लागि प्रमुख स्पोन्सरको रुपमा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसे र आयोजक संस्थाका अध्यक्ष वरिष्ठ संगितकार श्रीराम रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका छन् । सुनाखरी मल्टि मिडियाका अध्यक्ष लोक गायक माधव थापाले जानकारी दिए अनुसार अवार्ड वितरणको लागि छनौट प्रक्रिया अन्तर्गत शुरुमा ३२ विधाको टप फाइभ को लिष्ट निकालिने छ ।

राष्ट्रिय सभा गृहमा आयोजना गर्न लागिएको यो अवार्डको लागि प्रत्येक विधाबाट छनौट भएको टप फाईभ मध्यबाट भोटिङ, जुरी लगाएत बाट अवार्ड वितरणको लागि योग्यलाई छनौट गरिनेछ । अवार्ड वितरणमा गोकर्णेश्वर नगरपालिकाले स्पोन्सर गर्ने भए संगै अवार्डको नाम ‘गोकर्णेश्वर राष्ट्रिय काठे लोकदोहोरी अवार्ड’ राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्