काठमाडौँ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता नपाएको टिप्पणी गरेका छन् ।प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन र नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचजस्ता विषयमा छलफल हुन नसकेको बताए ।
उनले भारतबाट प्राप्त ऋणलाई सरकारले उपलब्धिका रूपमा प्रस्तुत गर्नुले विदेशी ऋणसम्बन्धी रास्वपाको पुरानो मान्यतामा परिवर्तन आएको बताए । साथै, ऋण परिचालनमा देखिएका जटिलताले विकास निर्माणमा ढिलाइ भइरहेको उनको भनाइ थियो ।वर्तमान सरकारका कारण सुशासन र सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको आरोप लगाउँदै पोखरेलले जनतामा निराशा बढ्दै गएको बताए ।
उनले स्थानीय तह र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिँदै संघीय लोकतान्त्रिक व्यवस्थाका आधारभूत संरचना कमजोर बनाउने गरी संविधान संशोधन गर्न नहुने धारणा राखे ।








तपाईंको विचार लेख्नुहोस्