सुनकोशी मरिन आयोजनाको ठेक्का रद्दबारे लेखा समितिको चासो, ७ दिनभित्र कागजात माग


काठमाडौं ।

सार्वजनिक लेखा समितिले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र बुझाउन सरकारलाई निर्देशन दिएको छ।मंगलबार बसेको समितिको बैठकमा सभापति भरत खड्काले यस्तो निर्देशन दिएका हुन्।

कागजात प्राप्त भएपछि थप अनुसन्धान र छलफल गरिने उनले बताए।टेन्डर प्रक्रिया अन्तिम चरणमा पुगेपछि ठेक्का रद्द गरिएको भन्दै उजुरी परेपछि समितिले यस विषयमा चासो देखाएको हो। उजुरीकर्ताले ठेक्का रद्द गर्ने निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको र यसबाट राज्यलाई आर्थिक नोक्सानी हुने दाबी गरेका छन्।

    प्रतिक्रिया

    ०
    यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

    तपाईंको विचार लेख्नुहोस्

    इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

    स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।