देउवासँगै तीन मन्त्रीले लिँदैछन् शपथ, कसलाई कुन मन्त्रालय ?



न्युज अफ नेपाल, काठमाडौँ ।

आज नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिँदैछन् । त्यस्तै, उनीसँगै गृह मन्त्रीको रुपमा बालकृष्ण खाँड, अर्थ मन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसालले पनि आजै शपथ लिने तयारी भइरहेको स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटको फैसला गर्दै संवैधानिक इजलासले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघटन बदर गर्दै देउवालाई नियुक्ति गर्न परमादेश दिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्