चीनबाट कोरोनाविरुद्धको ८ लाख डोज खोप काठमाडौँ आइपुग्यो

10.25k
Shares

न्युज अफ नेपाल, काठमााडौँ ।

चीनबाट कोरोनाविरुद्धको आठ लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।

सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । जसअनुसार आज भेरोसेल खोपको आठ लाख डोज नेपाल आइपुगेको हो । त्यस्तै, बाँकी खोप साउन ८ गतेसम्ममा ल्याइने जनाइएको छ ।

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ। नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ। अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७  जनालाई पहिलो मात्राको खोप प्रदान गरिएको छ।

Skip This