प्रधानमन्त्री मोदीलाई बंगलादेशी समकक्षीको आँप उपहार



इन्डिया न्युज नेटवर्क ।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई उपहारस्वरूप २ हजार ६ सय किलो आँप पठाएकी छिन् ।

रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा प्रजातिको सो आँप आइतबार बेनापोल हुँदै भारत प्रवेश गरेको थियो । हसिनाले राष्ट्रपति रामनाथ कोविन्दलाई पनि उपहारस्वरूप आँप पठाएकी छन् । कोलकातास्थित बंगलादेशका उप उच्चायोगका प्रथम सचिव (राजनीतिक) मोहम्मद समीउल कद्दारले आँप प्राप्त गरेका थिए । बेनापोल भन्सार विभागका उपयुक्त अनुपम चकमाले आँप दुई देश बीचको मित्रताको स्मृति चिन्हको रूपमा रहेको बताएका छन ्।

बंगलादेशका बेनापोल नगरपालिकाका मेयर अशरफुल आलम लिटन, शार्शा जिल्ला निर्वाही अधिकारी मीर अलिफ रेजा, बेनापोल बन्दरगाहका उपनिर्देशक ममुन कबिर तराफदार पनि उच्चायोगमा उपस्थित थिए ।

प्रधानमन्त्री हसिनाको बंगलादेश सीमासँग जोडिएका आसाम, मेघालय, मिजोरम र त्रिपुरा राज्यका मुख्यमन्त्रीहरूलाई पनि उपहारस्वरूप आँप पठाउने योजना रहेको बुझिएको छ ।

यसअघि पनि प्रधानमन्त्री हसिनाले भारतीय नेतृत्वलाई उपहार पठाइसकेकी छिन् । दक्षिण एसियाली कूटनीतिमा आँप र मिठाइ उपहारस्वरूप पठाउनु सामान्य हो ।

सन् २०१६ मा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको दोस्रोपटक शपथग्रहण समारोहमा पनि प्रधानमन्त्री हसिना ले उनलाई पद्मा नदीको २० किलो हिल्सा माछा उपहारस्वरूप प्रदान गरेकी थिइन ्।

सन् २०१७ मा आफ्नो चारदिने भारत भ्रमणको क्रममा पनि प्रधानमन्त्री हसिनाले तत्कालीन राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री मोदी लगायतका भारतीय नेतृत्वका लागि उपहार ल्याएकी थिइन् ।

त्यतिबेला उनले भारतीय राष्ट्रपतिका लागि एक जोडी रेशमको सुरुवाल, कलाकृतिहरू, डिनर सेट, छालाको झोलाको सेट, चार किलोग्राम कालोजामुन र रसबरी, दुई किलोग्राम सन्देश, २० किलोग्राम हिल्सा र दुई किलोग्राम र दही उपहारस्वरूप ल्याएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्