डेल्टा भेरियन्टको कारण सिड्नीमा थप लकडाउन



सिड्नी, (एजेन्सी) । 

अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा अत्यन्तै उच्च जोखिमयुक्त र छिटो संक्रमण हुने कोरोना भाइरसको डेल्टा भेरियन्टबाट जोगिनका लागि लकडाउन एक साता लम्ब्याइएको छ । न्यु साउथ वेल्स सरकारले लकडाउन सम्बन्धमा कठिन निर्णय लिएको जनाएको छ । यसअघि, त्यहाँका बासिन्दालाई घरैमा बस्ने आदेश गत २६ जुनमा जारी गरिएको थियो ।

तर, कोभिड संक्रमित भएर पनि केही मानिस घरबाहिर हिंड्न थालेपछि सुरक्षा नियम अझै कडा पारिएको थियो । यस वर्ष सिड्नीमा करिब तीन सय ३० जना संक्रमित भेटिएका छन् । पूर्व सूचनाअनुसार नत्र आगामी शुक्रबार ५० लाखभन्दा बढी जनसंख्या भएको ग्रेटर सिड्नी, वाल्लोन्गोंग र सेन्ट्रल कोस्टमा लकडाउन हटाइँदै थियो । १६ जुलाईसम्म लम्ब्याइएको लकडाउनको दौरानमा विद्यालय पनि बन्द रहनेछ ।

तर, न्यु साउथ वेल्स सरकारले लकडाउनको कारण व्यापार व्यवसाय र परिवारहरूमा परेको कठिनाइ र असुविधा महशुस भएको जनाएको छ । बुधबार २७ जना नयाँ संक्रमित फेला परेका छन् खोप वितरण कार्य कम भएकाले सुरक्षा उपायलाई विस्तार गरिनुपरेको बताइको छ ।
अहिलेसम्म अस्ट्रेलियाको कुल जनसंख्याको १० प्रतिशतभन्दा कमले मात्र खोप लगाइसकेका छन् । विशेषगरी, फाइजर खोपको आपूर्तिमा कमि भएको कारण यस वर्षको उत्तराद्र्धसम्ममा पनि अधिकांश अस्ट्रेलियालीले खोप लगाउन नपाउने देखिएको छ ।

प्रधानमन्त्री बेरेजिकिलयानले बुधबार अधिकांश जनताले खोप नलगाउन्जेल लकडाउन सुरक्षाको एक मात्र विकल्प भएको बताएका छन् । यसैबीच, ब्रिस्वेनको उपनगर इनालास्थित एउटा सपिङ सेन्टरबाहिर एसियाली मुलका दुई महिला र एक पुरुषलाई अस्ट्रेलियाली किशोर किशारीको एक समूहले बेस्सरी कुटपिट गरी लुटपाटसमेत गरेको प्रहरीले जनाएको छ । सो आक्रमणकारी समूहका एक सदस्यले घटनाको भिडियोसमेत रमाई रमाई खिचेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्