वृद्धको गुप्तांगनेर गोमनले डस्यो



वर्लिन, (एजेन्सी) ।

अस्ट्रियामा एकजना पुरुषलाई एक दशमलव छ मिटर लामो गोमनले डसेको छ । प्रहरीका अनुसार बिहान सबेरै स्टिरिया प्रान्तको ग्राज शहरस्थित आफ्नै निवासको शौचालयमा ती नाम नखुलाइएका ६५ वर्षीय वृद्धलाई गोमनले टोकेको हो । वास्तवमा त्यो गोमन उनको छिमेकीले घरमा पालेको रहेछ ।

छिमेकीको घरबाट भाग्ने क्रममा ढलबाट गोमन कमोडमाथि निस्केको हुनुपर्ने अनुमान गरिएको छ । गोमनले वृद्धको गुप्तांगमा टोके पनि वृद्धको ज्यान भने बचेको छ । सरिसृप विशेषज्ञको सहयोग समातिएका त्यस गोमनलाई सफा गरेर २४ वर्षीय छिमेकीलाई फर्काइएको थियो । त्यो गोमन छिमेकी घरबाट कसरी निस्कियो भन्ने बुझ्न सकेको छैन ।

तर, भाग्यवश गोमनका मालिकले त्यसको विष निकालेको कारण वृद्धको ज्यान जोगिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ । ती युवकले घरमा ११ वटा विष निकालिएका सर्प पालेको बताइएको छ । आफ्नो लापरवाहीको कारण अरूको ज्यान खतरामा पारेको आरोपमा उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्